पर्यटकको आकर्षण एक क्षेत्र गुण्डु सेल्फी डाँडा
जेठ १५, २०७८, शनिबार | विहान ०३:३८ बजे | 45
सरिता तामाङ
भक्तपुरको सूर्यबिनायकस्थित गुण्डुमा रहेको सेल्फी डाँडामा पर्यटकको उपस्थिति बढ्न थालेको छ । शान्त, स्वछ वातावरणको लागि यो स्थान एकदमै राम्रो छ ।
सेल्फी डाँडा सूर्यविनायक नगरपालिका वडा नं. ७ मा पर्दछ । यहाँबाट सम्पूर्ण स्थानहरु देख्न सकिन्छ । भक्तपुरबाट करिब ३० मिनेट हिडाइभित्रको दुरीमा पर्यटकीय सर्किटमा घ्याम्पे डाडा, पाइलबाबा आश्रम, सेल्फी डाडा, रानिकोट बाघभैरब तथा लाकुरी भञ्ज्याङ्सम्म पदयात्रा सहज रूपमा गर्न सकिन्छ । सेल्फी डाडामा पर्यटक आउन थालेको धेरै भएकोे छैन । तर, भक्तपुरका स्थानीय यहाँ दैनिक रूपमा पुग्छन् । सेल्फी डाँडाको ढुङगामा बस्दा आनन्दको महशुश हुने गर्दछ । स्वयम् आकाशमा उडेको जस्तो अनुभव हुने गर्द्छ ।
गुण्डुमा थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन् । तर उचितप्रचार हुन नसक्दा सबै पर्यटक पुग्न सकेको छैनन् । सूर्यविनायक मन्दिर, सुवर्णेश्वर, अनन्तलिङ्गेस्वर ,पाथीभरा जस्ता मन्दिरले धार्मिक पर्यटकका लागि आकर्षण बन्न सक्छ भने पाइट बाबा आश्रम, घ्याम्पे डाँडा, सेल्फी डाँडा, रानिकोट आदि स्थानबाट हिमालयका टाकुरासङ्गै राजधानी उपत्यका अवलोकन गर्न सकिन्छ ।
मानासिक, शारीरिक रूपमा तनाव भएका ब्यक्तिलाई यस सेल्फी डाँडामा आउँदा स्वाच्छ हावा, रमणीय वनजङ्गगल हेर्दा आफैलाइ बिर्सेर चरी झै उडेको अनुभव हुनेछ