अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरण व्यवस्था गर्न आज रु. ४३ लाख ४४ हजार सहयोग प्राप्त


जेठ १४, २०७८, शुक्रबार | विहान ११:३२ बजे | 30


भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरु व्यवस्था गर्न लागि नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरुबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम शुक्रबार पनि चालु छ ।  
 यसै क्रममा आजमात्र रु. ४३ लाख ४४ हजार ७ सय ९५ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा २०७८ जेठ ५ गतेदेखि १४ गतेसम्ममा रु. १ करोड ७८ लाख १४ हजार ४ सय २० सहयोग प्राप्त भएको छ ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहायता रकम ग्रहण गर्नुहुँदै विषम् परिस्थितिमा जनतालाई स्तरीय उपचार सेवा प्रदान गर्न आवश्यक स्वास्थ्य उपकरण खरिद कार्यमा जनस्तरबाट स्वेच्छाले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा शुभचिन्तकहरुमा नगरपालिकाको तफबाट धन्यवादज्ञापन गर्दै नगरपालिकाका केही प्रकाशनहरु प्रदान गर्नुभयो ।
आज जम्मा भएको कोषमा ख्वप कलेज÷शारदा क्याम्पस (संस्थागत) र ख्वप कलेज÷शारदा क्याम्पस (शिक्षक÷कर्मचारी) को तर्फबाट रु. ६ लाख १० हजार, ख्वप मावि÷शारदा क्याम्पस मावि (संस्थागत) र ख्वप मावि÷शारदा क्याम्पस मावि (शिक्षक÷कर्मचारी) बाट रु. २३ लाख ९५ हजार, ब्रम्हायणी आधारभूत विद्यालय तथा शिक्षक र विद्यालय कर्मचारीबाट रु. ३४ हजार, ब्राइट स्टार ई. स्कूलबाट रु. २५ हजार सहयोग प्राप्त भयो ।
    त्यस्तै सहकारी संस्थाहरुबाट आज प्राप्त सहयोगमा  साथीभाई बचत तथा ऋण सहकारी संस्थाबाट रु. २५ हजार, ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्थाबाट रु. २० हजार, सिद्धि कृषि सहकारी संस्था लि. बाट रु. ३२ हजार १ सय, अभियान बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. ५५ हजार ५ सय ५५, श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाबाट रु. १ लाख ११ हजार १ सय ११, चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारीबाट    रु. १ लाख १० हजार, सहयोग संस्थाबाट रु. ७० हजार ७ सय ७, सयपत्री बचत तथा ऋण सहकारी संस्थाबाट    रु. ५५ हजार ५ सय ५५, तलेजु बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. ३० हजार ३ सय, लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.बाट रु. १ लाख १ हजार सहयोग प्राप्त भएको छ ।
    त्यस्तै व्यक्तिगत तर्फबाट रत्नप्रसाद भुजुबाट     रु. ५० हजार, विजय÷सुनिता मुनंकर्मीबाट रु. ११ हजार १ सय ११, कृष्णकुमार राजचलबाट रु. ५० हजार, रत्नलाल कैटीबाट रु. ६ हजार १ सय ५, हेरामाया सुवालबाट रु. ५ हजार १ सय १, कृष्ण ग्वाछाबाट रु. २५ हजार, नारायणभक्त भेलेबाट क्ष्लाचबचभम तजभचmयmभतभच बलम कतबलम ज्ञ कभत, प्ल्ढछ mबकप द्दण्ण् उष्भअभ, सुरेश बोयजुबाट रु. १५ हजार, स्व. जानकीलाल प्रधान (मधुमैया प्रधान — लाकौल)बाट रु. २० हजार, बुद्धिबहादुर ज्याख्वबाट रु. ५ हजार पचास, प्रेमलाल ध्वोजुबाट रु. ५० हजार, राजेश मचामसीबाट रु. १५ हजार १ सय, जनक देवी राजभण्डारी÷युवक राजभण्डारीबाट रु. १ ला १ हजार, स्वयम्भुराज किलम्बु, पुष्पलाल सुजखुबाट रु. १० हजार, तुल्सीराम ग्वाछाबाट रु. १० हजार १ सय ५, विष्णुनारायण ग्वाछाबाट रु. ५५ हजार ५ सय ५५, नारायणप्रसाद कवांबाट रु. ५५ हजार ५ सय ५५, चन्द्रकेशरी प्रधानाड्ड (छोरा रविन्द्र प्रधानाड्डमार्फत) रु. ५० हजार, न्हुछेरत्न खाइतुबाट रु. ५० हजार ५ सय ५ सहयोग प्राप्त भयो ।
त्यस्तै ज्ञानकुञ्ज टोल सुधार समितिबाट रु. ५३ हजार ७ सय २५, अजिमा अटो वर्कसपबाट रु. १५ हजार, द लास्ट फ्राइडेको तर्फबाट रु. १५ हजार ५ सय ५५ आर्थिक सहयोग प्राप्त भयो ।
आगामी दिनमा पनि भक्तपुर नपाको कोषमा रकम जम्मा गर्न चाहने महानुभाव तथा संघसंस्थाहरुले भक्तपुर नगरपालिका, प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा गर्नु हुन अथवा भक्तपुर नपामा उपलब्ध गराउनुहुन पनि अनुरोध छ ।

Comments