३ वटा गाई र १ वटा बाच्छा जली मृत्यु
असार ११, २०७७, बिहीबार | विहान १०:२० बजे | 30
भक्तपुर । भक्तपुरको सिपाडोलमा आगलागी भएको छ । सूर्यविनायक नगरपालिका सिपाडोलमा आगलागी हुँदा ३ वटा गाई र १ वटा बाच्छा जली मृत्यु भएको छ । सिपाडोल बस्ने बर्ष ३० की पार्वती थापाको घर अगाडी जस्ताले बारेको एक तले कच्ची गोठमा कुडो पकाउने चुलोबाट आगोलागी हुँदा गोठमा रहेका ती गाई र बाच्छा जली मृत्यु भएको हो । घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट सिनियर प्रहरी अधिकृतको कमाण्डमा टोली खटी गई बुझ्दा अन्दाजी चार लाख पचास हजार बराबरको क्षती भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत कृष्ण गिरीले जनाए । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।