अक्सिजन बोक्दै काठमाडौंको कोठाकोठामा तामाङ
जेठ १४, २०७८, शुक्रबार | विहान ०३:१० बजे | 35
काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव तथा सक्षम स्मृति प्रतिष्ठानका अध्यक्ष प्रबिणकुमार तामाङ उपत्यकाभित्र समस्यामा परेकाहरुलाई स्वास्थ्य सामाग्रीसहित अक्सिजन बोक्दै काठमाडौंको कोठा कोठामा पुगेका छन् ।
कोरोनाभाइरस कोभिड–१९ आक्रान्त फैलिएपछि अस्पतालमा अक्सिजन, आईसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि आफ्नो ज्यान जोखिममा राखी दिन दुखी गरिबहरुको लागि अग्रभागमा खटेर समस्यामा परेकालाई रातदिन जुनसुकै अवस्थामा पनि सकेसम्मको सहयोग गर्ने बताउनुभयो ।
एक अर्कामा सहयोग गर्ने अवस्था भए यो महामारीबाट बचाउन सकिने आफू पनि बाच्ने र आफुलाई जोखिम मोलेरै भए पनि समस्यामा परेकालाई सहयोग गर्नु गर्व लाग्ने तामाङ्गले भने ।