कोभिडमा सहकारी संस्थाहरुको भूमिका प्रष्ट पार्न माग


जेठ १३, २०७८, बिहीबार | विहान १०:१५ बजे | 25


भक्तपुर । कोरोना भाइरस कोभिडको बेला सहकारी संस्थाहरुको भूमिका भूमिका प्रष्ट हुनुपर्ने माग गरिएको छ । भक्तपुर जिल्ला बचत तथा श्रृण सहकारी संस्था लिमिटेड सूर्यविनायक ६ भक्तपुरले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेको हो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाद्धारा प्रकाशित विज्ञप्तिमा यसबारे प्रष्ट नभएसम्म निषेध आदेश जारी अवधिमा यस संघमा आवद्ध संस्थाहरुले कार्यालय बन्द गरी सदस्यहरुको अति आवश्यक कामको लागि संस्थाका पदाधिकारी वा कर्मचारीहरुको सम्पर्क नंम्वर उल्लेख गरी अनुकुलताको आधारमा मात्र सदस्यहरुलाई सेवा प्रदान गर्नु हुन अनुरोध गरिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहर नेपालमा पनि महामारीको रुपमा फैलिरहेको अवस्थामा भक्तपुर जिल्लामा पनि दिन प्रतिदिन सङ्क्रमण बढिरहेको र यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट २०७८ बैशाख १६ गतेदेखि पटक पटक र पुनः जेष्ठ १४ गतेदेखि लागू हुनेगरी जेष्ठ २० गतेसम्मको लागि निषेध आदेश जारी गरिएको अवस्थामा सहकारीकर्मीहरु पनि सुरक्षित रहन विज्ञप्तिमा सचेत गरिएको छ । उक्त निषेध आदेशमा विभिन्न आदेश जारी गर्ने क्रममा अति आवश्यक सेवा अन्तर्गत वित्तीय सेवाको लागि बाणिज्य बैंक तथा विकास बैंकलाई मात्र तोकिएको देखिन्छ । तर सहकारी संस्थाहरुबो मौन छ, विज्ञप्तिमा भनिएको छ ।
[[img2]]
सहकारी विभागको तथ्यांक अनुसार नेपालमा २९,८८६ वटा सहकारी संघ संस्था र ७३ लाख भन्दा बढी सदस्यलाई सहकारीमा आवद्ध छन् । भक्तपुर जिल्लामा पनि सहकारीमा मात्र सदस्य भई वित्तीय सेवा लिने व्यक्तिहरु धेरै छन् । त्यसता सहकारीमा मात्र आवद्ध भई वित्तीय कारोवार गर्ने सदस्यहरुले अतिआवश्यक कार्यको लागि वित्तीय सेवा पाउने नपाउने भन्ने बारेमा पटक पटक जारी भएको निषेध आदेशमा उपेक्षा गरिएको छ । हालको निषेध आदेशमा पनि सहकारी बारेमा कुनै कुरा उल्लेख नहुनु र स्थानीय प्रशासन सँग समन्वय गर्दा सहकारी बन्द नै गर्ने हो भन्ने जानकारी प्राप्त हुन आएको छ । सहकारीलाई आबश्यक सेवाको रुपमा राज्यले अगिंकार गर्न नसक्नु र सहकारी  संघ संस्थाहरुले त्यस बिषयमा सम्वन्धित निकायमा बोध गराउन नसक्नु अभियान कैे कमजोरीको रुपमा रहेकोछ ।
यसरी धेरै जनसंख्या आवद्ध भएको सहकारीको वारेमा केहि उल्लेख नहुँदा सहकारीका सदस्यहरुमा अन्यौलता सिर्जना भएकोछ । यस बिषयमा अन्यौलता हताउनका लागि जारी निषेध आदेशमा सहकारीले अति आवश्यक कार्यको लागि सिमित कारोवार गर्न पाउने वा नपाउने भन्ने विषयमा प्रष्ट हुन आवश्यक छ । साथै यस विषयमा सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ र प्रदेश संघहरु लगायत सहकारीका नियमन निकायहरुले यस बिषयमा अन्यौलता हटाउन आवश्यक पहलकदमीको लागि ध्यानाआकार्षण गर्दछौंं ।

फाेटाेमा हेर्नुहाेस्...

Comments