नेपाली सेनाद्धारा नेक आइसोलेसन केन्द्रको निरीक्षण


जेठ १३, २०७८, बिहीबार | विहान ०६:२० बजे | 40


भक्तपुर । नेपाली सेनाले नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा सञ्चालित आइसोलेसन केन्द्रको बिहीबार निरीक्षण भ्रमण गरेका छन् । सेनाका चिकित्सकहरुको समूहले छफलपछि नेक आइसोलेसनको निरीक्षण भ्रमण गरेका हुन् ।
चाँंगुनारायण नगरपालिकाको कार्यालयले त्यहाँं नेकसँंगको सहकार्यमा आइसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ । आइसोलेसनमा रहेका विरामीहरुका लागि नेपाल चेम्वर, लायन्स क्लवलगायतले खाजाखानाको सुविधा दिंदै आएको छ । भ्रमण टोलीले यसबारे पनि निरीक्षण गरेको थियो ।
निरीक्षणपछि सहभागी टोलीले खानाखाजाको व्यवस्थासँंगै उत्साहित भएर आफूहरुले पनि निःशुल्क परामर्शको दिने जानकारी गराए । आइसोलेसनको व्यवस्थापन चुस्तदुरुस्त भएको पाएपछि सहभागी टोलीले नगरपालिका र नेकको तारिफ गरेका थिए ।

Comments