संकटको बेला जन्मभूमिलाई माया गर्न पुगे युवा गाउँं
जेठ १२, २०७८, बुधबार | विहान ०७:११ बजे | 25
काभ्रे । संकटको बेला जन्मभूमिलाई माया भन्ने भनाईलाई आत्मासाथ गर्दै कोभिड १९ को दोश्रो लहरले आक्रान्त जन्मभुमिलाई स्वास्थ्य सामग्री हस्तान्तरणमा युवा जुटेका छन् । आफु जन्मेको स्थान विकट गाउँमा पनि संक्रमण सङ्क्रमण बढ्दै गएकोले स्वास्थ्य संकटलाई मध्यनजर गर्दै युवाहरु सहयोगमा जुटेका हुन् ।
काभ्रेको बिकट गाउँ मादन कुककडारीका अगुवा युवाहरु हाल विद्यमान संकटबाट स्थानीयलाई जोगाउन स्वास्थ्य सामग्री सहित अभियान मा जुटेका हुन् ।
अधिबक्ता राम बहादुर लामा, एनजीयो फेडेरेसनका अध्यक्ष जित राम लामाको बिषेश पहलमा तथा प्रभा एल्मुनाईको सहकार्य मादन कुँडारीलाई र गाउँ बासीलाई माया गर्ने देश बिदेशमा रहनुहुने मनकारी सहयोगी महानुभाव हरुको आर्थिक सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नरेस वाईवाले जानकारी दिनुभयो ।
उहाँका अनुसार काभ्रेको बिकट गाउँमा पहिलो चरनमा पाँच लाख बराबरको स्वास्थ्य सामाग्री पुर्याएर वडा अध्यक्ष बिरबल लामाको रहोबरमा जन प्रतिनिधिहरु स्वास्थ्य कर्मी स्थानिय अगुवा समाजसेबीहरुको उपस्थितिमा विभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
कोभिट सङ्क्रमितको लागि आवश्यक पर्ने औषधिहरू सिटामोल,कफ सिरफ,डिकोल्ड, साइनेक्स, भिटामिन बि, डि,क्याल्सीयम, जिङ्क ट्याबलेट, माक्स फेस सिल, अक्सिमिटर, जिवनजल, साबुन,रुम स्प्रे,गुर्जो, अन्डा,गेडागुडी लगाएत खाद्यान्न लगाएत को सामाग्रीहरु हस्तान्तरण गरिएको हो
वडा कार्यलय र स्वास्थ्य कार्यलय मार्फत बिषेश गरि सङ्क्रमित घरहरु त्यसैगरी साबिक सबै वडाको प्रत्यक घर धुरीमा बितरण गर्ने गरी हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य सामग्री बुझ्दै वडा अध्यक्ष बिरबल लामाले बिपतको बेला गाउँबासीलाई सहयोग गर्नु हुने देश बिदेसमा रहनुहुने मनकारी सहयोगी तथा अभियानमा खट्नु हुने सम्पूर्ण युवा पङ्ति लाई हार्दिक आभार सहित बिषेश धन्यवाद दिदै आगामि दिनमा पनि सहयोगको अपेक्षा गर्दछु भनुनुभयो। त्यसैगरी अभियान टोलीको तर्फबाट जितराम लामाले आफ्नो जन्मभूमिलाई समस्या संकट पर्दा अभियानमा जुटेर सहयोग गर्न पाउदा खुसी भएको र सहयोग मनहरूलाई धन्यवाद भन्नुभयो र यो अभियान निरन्तर चल्ने र वडा कार्यलयमा अक्सिजन सहितको बेड बनाउने सम्मको लक्ष रहेको बताउनुभयो। उक्त कार्यक्रममा प्रभा एल्मुनाई को सचिव गोकुल गैतमले पनि आफ्नो संस्था सधैब संकटमा परेको जनता को सेवा र सहयोग को लागि लागिरहने बताउनु भयो । हाम्रो संस्थाले गापाका सबै वडा, प्रभा उच्च माबि तथा चौरी देउराली पालिका लाई समेत पुग्ने गरि स्वास्थ्य सामग्री ल्याएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रमा अभियान टोलीबाट युबा समाजसेवी तथा नेता हरु कर्म लोप्साङ लामा ,नरेश वाईबा ,छितिज लामा, प्रभा एल्मुनाईको तर्फबाट उपाध्यक्ष सुक प्रसाद चौलागाईं सचिब गोकुल गौतम, वडा सदस्य निमा लामा ,प्रकाश चौलागाईं लगाएतको सहभाग रहेको थियो।