ख्वपः का इन्जिनियर विद्यार्थीले बनाए ‘सेल्फ स्यानिटाइजर’


असार १०, २०७७, बुधबार | दिउँसो १२:५२ बजे | 60


भक्तपुर । ख्वपः इन्जिनियरिङ कलेज लिवाली भक्तपुरमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनियरिङ संकायमा अध्ययनरत चारजना विद्यार्थीहरूको समूहले ‘सेल्फ स्यानिटाइजर’ मेशिन बनाएका छन् ।  मेशिन कोरोना महामारी रोकथाम तथा नियन्त्रण कार्यमा सहयोगी हुने विश्वास निर्माण टोलीमा संलग्न विद्यार्थीहरूको गरेका छन् ।
लकडाउनको समयमा कलेज नलागेपछि सुबिन श्रेष्ठ, अनुप श्रेष्ठ, गौरव तमखू र प्रसन्न दाहाल गरी चारजना साथीहरूबीच छलफल गरेर केही नयाँ काम गर्ने योजना बनाएको र त्यसैअनुसार यो मेशिन बनाउन सफल भएको उनीहरूको भनाइ छ । उनीहरू जेठको अन्तिम सातादेखि एकठाउँमा जम्मा भएर मेशिनको अवधारणा र नमुनाबारे छलफल थालेका थिए । त्यसअनुसार इन्जिनियर राजेश धुसूसँग पनि सल्लाह र आइडिया लिई यस्तो मेशिन बनाउन सफल भएको निर्माणटोलीका सुबिन श्रेष्ठले बताए ।

यही असार ६ गते पहिलो मेशिन निर्माण सम्पन्न भएको थियो । २६ सेमी अग्लो यो मेशिन आधा लिटर क्षमताको छ । यसमा राखिएको सेन्सरका मद्दतबाट, नछोइकन हात थाप्नासाथ आवश्यक मात्रामा स्यानिटाइजर आउँछ । एकवर्षको वारेन्टी दिइएको यो मेशिनको मूल्य ४ हजार पाँच सय जति पर्न सक्ने अनुमान गरिएकोमा छ । लकडाउनका कारण निर्माण सामग्रीको मूल्य बढेको हुँदा त्यसभन्दा बढी पर्ने कुरा गौरव तमाखूले बताए । आकर्षक लुक्स र ठूलो आकारका कारण पनि मूल्यवृद्धि हुने भनाइ प्रसन्न दाहालको छ । यो मेशिन विभिन्न सरकारी कार्यालय, बैंक, डिपार्टमेन्ट स्टोरहरूकाक लागि उपयोगी हुने ठानिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments