मानव अधिकार प्रतिष्ठानको आयोजनामा रक्तदान
जेठ ११, २०७८, मङ्गलबार | विहान ०७:२० बजे | 30
भक्तपुर । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान भक्तपुरको आयोजनामा मंगलबार भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लिटिल गार्डेन स्कूलको संयोजनमा तथा रेडक्रसको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । यस्तो विषम परिस्थितिमा पनि कार्यक्रम गर्न सहयोग गर्ने सम्पूर्ण रक्तदाता तथा सहयोगीहरु सबैलाई आयोजकले विशेष धन्यबाद दिएको छ ।