कोभिड १९ को महामारी नियन्त्रण नहुनु व्यवस्था कै दोष
जेठ १०, २०७८, सोमबार | विहान ०३:१८ बजे | 40
भक्तपुर । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनमा माक्र्सको २०२ औं जन्म दिवसको अवसरमा श्रमिक साप्ताहिकको अन्तरक्रिया प्रदेश सांसद सुरेन्द्रराज गोसाईंको प्रमुख आथिथ्यतामा जुम मार्फत सम्पन्नभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्रराज गोसाईले कोभिड १९को महामारी नियन्त्रण नहुनु व्यवस्था कै दोष भएकोले समाजवादी व्यवस्थाको जनतालाई सचेत गर्नु पर्ने बताउनुभयो । उहाँले पूँजीवादी व्यवस्था जनताको स्वास्थ्यमा भन्दा नाफामा केन्द्रीत हुने भएकोले महामारीमा समेत भ्रष्ट्राचार, कमिशन, कालोबजारी भएको बताउनुभयो । उहाँले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको अनुशासन, तनमन ध्यान केन्द्रीत गरी साम्राज्यवादीहरुको अवरोधका बावजुद पनि कोरोना विरुद्धको युद्धमा सफलता हासिल गरेको बताउँदै हाम्रो देशमा निजिकरण कै कारण अस्पताल, एम्बुलेन्स र अक्सिजन अभाव भएको बताउनुभयो । उहाँले भारतीय विस्तावादले नेताहरुलाई झगडा लगाए कै कारण स्वास्थ्य संवेदनशीलता नभएको बताउनु भयो । उहाँले भारतीय एकाधिकार पूँजीले कोभिड १९ को महामारीमा समेत राजनैतिक अन्यौल सिर्जना गरेको बताउँदै जनताको उचित मुल्याङ्कन नभएको सरकार भन्नुभयो । राष्ट्रिय सभाको चुनावमा मतपत्रमा रुख र गोलाकार भित्र हसियाँ हथौडा चिन्ह नभएकोले नेका र माओवादी पार्टीका पुराना नेता कार्यकर्ताहरु निन्यास्रो देखिएको बताउनुभयो । उहाँले कोभिड १९ विरुद्धको युद्धमा चीनले सफलता हासिल गरेको तर्फबाट सिक्न र भारत आफै संकतबाट गुज्रेको बेला चीनबाट सहयोगको लागि नेमकिपाले सरकारमा बसेका नेता कार्यकर्ताहरुलाई बारम्बार भन्दा समेत मुख बहिरो हुँदा देशका जनताहरु मृत्यु भोगिरहनु परेको बताउँदै असफल सरकारको संज्ञा दिनुभयो । उहाँले प्यालेस्टाइनको जल्दोबल्दो विषयमा कार्यकर्ताहरुलाई सचेत बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा उहाँले माक्र्सको समाधिस्थलमा फ्रेडरिक एङ्गेल्सको एैतिहासिक भाषण बारे बोल्दै मानिसहरुको दुख र शोषणबाट मुक्त गर्ने मानव विकासको सिद्धान्त, अहिलेसम्मको मानव विकासको इतिहास वर्ग संघर्षबाट अगाडि बढेको र अतिरिक्त मुल्यको सिद्धान्त, कम्युनिष्ट घोषणा पत्र लेखेको बारे प्रशंसाका एङ्गेल्सले बोलेको बारे बताउनु भयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ दत्तात्रय समितिका सचिव रामकृष्ण प्रजापतिले जनस्वास्थ्यमा सरकारको वेवास्ताः शासक दलहरु भारतको प्रभावमा भन्ने प्रज्ज्वलको लेख बारे, सदस्य कृष्ण बहादुर प्रजापतिले पश्चिमा देशहरुको मौन सम्मतिमा प्यालेस्टिनीहरुमाथि इजरायलको अत्याचार भन्ने प्रकाशको लेख बारे, सदस्य राम छुस्याकीले एमालेले प्रचण्डलाई थाङनामा भन्ने विवेकको लेख बारे, कृष्णेश्वरी दुवालले मजदुरको व्यथा रोगले मर्नेकी भोकले भन्ने विषयमा बोल्नुभएको थियो ।