कज एंड ईफेक्ट
असार १०, २०७७, बुधबार | दिउँसो १२:१९ बजे | 45
राजु छुस्याबाग
स्टकहोल्म
छान्ने बेला मासु भात क्वाप भो
मन्त्रीमण्डल अहिले जिमखाना भो
खाई खाई हग्ने, हगी हगी खाने
मन्त्रालयहरु सबै पाईखाना भो
चारैतिर भ्रष्टाचार, आठै प्रहर भ्रष्टाचार
समाजहरु रेकर्ड राख्ने किताबखाना भो
ऐया र आत्था चिलायो नि बज्या
चारैतिर अरिंगाल कारखाना भो
नापाक अपाक आलाकाँचा कोठरी
फुस्केकाहरु बस्ने पागलखाना भो
आसेपासेलाई ’’सुखी नेपाली, समृद्दी नेपाल’’
बाँकीलाई यातनामय झ्यालखाना भो