बोरिस हेस नेपालद्वारा रु. १० लाख ४५ हजार आर्थिक सहयोग प्रदान


जेठ ५, २०७८, बुधबार | विहान ११:०८ बजे | 35


बोरिस हेस नेपालद्वारा कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाले ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सञ्चालित ख्वप अस्पताल कोभिड युनिट सञ्चालन तथा व्यवस्थापनलगायतका आवश्यक व्यवस्
थाको लागि नगरपालिकाले खडा गरेको भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा  मोबाइल एक्स—रे १ थान, अक्सिजन कनसेनट्रेटर २ थान, भेन्चुरी मास्क १०० थान र रेभेस्री मास्क १०० थान गरी रु. १० लाख ४५ हजार ५ सय रकम बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । सहयोगको लागि धन्यवादज्ञापन गर्नुहुँदै भक्तपुर नपाका नगर प्रमुख सुनिल प्रजापतिले उहाँहरुलाई नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Comments