कोरोनाविरुद्ध आशाको किरण ः डेक्सामेथासोन
असार १०, २०७७, बुधबार | विहान ०६:२० बजे | 45
कञ्चन किसी
विगत केही समयदेखि संसारलाई त्रसित बनाई महामारीको रुपमा फैलिएको कोरोना भाइरसकोविरुद्ध एक आशाको किरण उम्किएको छ ।
गम्भीर विरामीहरुको दुखाई कम गराउने औषधिका रुपमा प्रयोग हुने डेक्सामेथासोनले बेलायतमा कोरोना भाइरस संक्रमणबाट गम्भीर विरामीहरुको उपचारमा प्रभावकारी भूमिका खेलेको दावी गरिएको छ । यो औषधि तुरुन्त प्रयोग गर्न सकिने बेलायतको स्वास्थ्यसँंग सम्वन्धित निकायले जनाएको छ । बेलायतमा गरिएको परीक्षणले उक्त औषधिले कोरोना भाइरस संक्रमणबाट ज्यान जोगाउन सक्ने बताएको छ ।
डेक्सामेथासोन एक स्टेरोइड हो । यो औषधिले शरीरमा दुखाईविरुद्ध काम गर्ने हार्माेन जस्तै काम गर्छ । यो औषधिले रगत, हार्माेन, प्रतिरक्षा प्रणाली डिसअडर, एजर्ली रियाक्सन, स्वासप्रश्वासमा समस्या र केही क्यान्सरको उपचारको लागि प्रयोग गरिन्छ । यो औषधिले शरीरको प्रतिरक्षा प्रणालीलाई ओसिलो बनाउँंछ र इम्युन सप्रिसेन्टको रुपमा काम गर्छ । शरीरले कोरोना भाइरससँंग लडने क्रममा उक्त संक्रमणले जलन उत्पन्न गराउँंछ । तर कहिलेकाही प्रतिरक्षा प्रणाली अत्याधिक सक्रिय भइदिन्छ र यो प्रक्रिया घाटकसिद्ध हुनसक्छ । संक्रमणसँंग जुध्नका लागि बनेका प्रतिरक्षाले नै शरीरको कोषहरुलाई आक्रमण गर्छ । डेक्सामेथासोनले यसको प्रभावलाई न्युनीकरण गर्छ ।
इन्फलामेशन जस्ता अवस्थामा शरीरको इम्युनि सिस्टम ओभर एक्टिभ हुन्छ । जसले शरीरलाई हानी पुयाउँंछ । डेक्सामेथासोनले ओभर एक्टिभ इम्युन सिस्टमलाई व्लक गरी शरीरको कोषहरु नाश हुनबाट जोगाउँंछ ।
डेक्सामेथासोन साधारणतया केमोथेरापी गर्नुभन्दा पहिलै दिने गर्दछ । जस्तै केमोथेरापीपछिको साइड इफेक्टलाई कम गर्ने गर्दछ । अनुसन्धान अनुसार औसतमा भेन्टिलेटरमा उपचाररत ५० मध्ये दुई जनाको जीवन जोगाउने देखेको बताएको छ ।
श्वासप्रश्वासको समस्या देखाएको विरामीहरुमा यो औषधि निकै नै प्रभावकारी भएको बताइएको छ । डेक्सामेथासोन एक सस्तो औषधि हो र यसको उत्पादन पनि राम्रोस्तरमा भइरहेको बताइएको छ । वेलायतको सरकारले आफूसँंग यसको पर्याप्त मौज्दात रहेको र त्यसले दुई लाख मानिसको उपचार गर्न पुग्ने बताएको छ । नेपालमा भने यो औषधिको आयात भारतबाट हुने गरेको छ ।
डेक्सामेथासोनका निदै्रा नलाग्ने, तौल वढ्ने, शरीरमा तलर पदार्थ कम नहुने, आँंखाको समस्या साइड इफेक्टहरु छन् । वढी मात्रामा यसको सेवन गर्दा लिभर ड्यामेज गराउने धेरै सम्भावना रहेको छ । कोरोना भाइरस संक्रमितहरुले भने यसको मात्रामा सेवन गर्ने हुँंदा साइड इफेक्ट कम हुने इग्ल्याण्डका प्रमुख स्वास्थय अधिकृतले बताएका छन् । (फार्मेसिस्ट सुवास दाहालको सहयोगमा)