भक्तपुर उद्योग वाणिज्य संघद्धारा नेक आइसोलेसनका विरामीलाई निःशुल्क खानाखाजाको व्यवस्था
जेठ ४, २०७८, मङ्गलबार | विहान ०९:५८ बजे | 25
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले नेपाल इन्जिनियरिङ कलेजमा चाँगुनारायण नगरपालिकाको संयोजनमा संचालित कोभिड १९ आइसोलेसन केन्द्रमा रहेका विरामीहरूको सोमबारदेखि लागु हुने गरी खानाखाजाको खर्च व्यहोर्ने भएको छ । सामाजिक उत्तरदायित्व बोधसहितको भक्तपुर उद्योग वाणिज्य संघको यस निर्णयलाई नेपाल इन्जिनियरिङ कलेजकोतर्फबाट हृदयदेखि स्वागत गरिएको छ । यसअघि पनि चाँगुनारायण नगरपालिका वडा नं २ बाट उक्त आइसोलेसन केन्द्रलाई चाहिने खानेपानी (मिनरल वाटर) को व्यवस्था भएको थियो ।