भक्तपुरमा एकैदिन कोरोना संक्रमित १० जनाको मृत्यु
जेठ ३, २०७८, सोमबार | दिउँसो ०१:३३ बजे | 25
भक्तपुरमा एकैदिन कोरोना संक्रमित १० जनाको मृत्यु
भक्तपुरमा सोमबार एकैदिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजारले इन्द्र बक्स गणले आजे १० वटा शव संकलन गरेको जानकारी दिए। संकलन भएको शवको डाटा भने आउन बाकी रहेको प्रमुख मिजारले बताए। उनले होम आइसोलेसन अस्पतालमा उपचारत विरामीहरु निधन भएको बताए।
आरएनए १६ का सयोजक तथा कोरोना संक्रमित शब व्यवस्थापनमा अग्रसर अरुण सैजुले भने भक्तपुरमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको आज हो। उनले एकै दिन ७ जना सम्मको मृत्यु भएको शव उठाएका बताए। तर आज भक्तपुरमा कोरोना संक्रमितको सबैभन्दा बढी मृत्यु भएको दिन भएको उनको भनाई छ।
भक्तपुरको चारवटा नगरपालिकामा जम्मा हिजो आइतबारसम्मको तथ्यांकमा एकसय ८३ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख गरिएको छ। जसमा भक्तपुरमा ५४, चागुनारायणमा १६, र मध्यपुर थिमीमा ६७ र सुर्यविनायकमा ४६ जनाको मृत्यु भइसकेका छन।
भक्तपुरमा संक्रिय संक्रमित चार हजार आठ सय ५० जना रहेका छन।