शान्ति सेवा गृहले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण


जेठ ३, २०७८, सोमबार | दिउँसो १२:५४ बजे | 40


रोशी–काभ्रेको रोशी गाउँपालिका वडा नं १ र  ३ का साथै खहरेपाँगुमा रहेको रोशी अस्थायी अस्पताललाई सोमबार  शान्ति सेवा गृहले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

वडा नं १ का वडाध्यक्ष श्रीदास लामाका अनुसार कोरोना भाइरस कोभिड–१९ रोकथाम र न्यूनिकरणका लागि अक्सिजन सिलिण्डर १ थान,वडालाई ३६ प्याकेट मास्क,३० लिटर स्यानिटाईजर,कोरोना पोजिटिभका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने र्हवल टी ३८ पिस, डिटोल, साबुन लगायतका सामग्रीहरु प्राप्त भएको हो ।
सहयोगी संस्थाका तर्फबाट संयुक्त रुपमा चन्द्र लामा,अर्जुन लामा र ज्ञानी लामाले वडा नं १ का अध्यक्ष श्रीदास लामा र ३ का अध्यक्ष धनजीत लामा तथा कर्मचारीलाई ति सामग्री हस्तान्तरण गर्नुभएको हो ।
वडाध्यक्ष लामाले स्थानीय क्षेत्रमा कोरोना नियन्त्रणका लागि स्थानीय सरकार, नागरिक र सहयोगी संघसंस्थाको सहकार्यले सकारात्मक उपलब्धि हाँसील हुने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय सरकारलाई कोरोना रोकथाममा केहि सहयोग होस् भनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि ज्ञानी लामाले बताउनुभयो ।

Comments