भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको सातौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७७÷७८ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा उठेका विषयह?बारे प्रष्ट पार्नुहुँदै नगर प्रमुख प्रजापतिले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी यस आर्थिक वर्ष भक्तपुर नगरपालिकाले अनलाइनबाट प्राप्त नगरबासीहरूको राय सुझावको आधारमा नगर र नगरबासीहरूको हितमा नीति तथा कार्यक्रम तयार पारेको बताउनुभयो । ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक नीतिगत पहलहरू भइरहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले आ.व. २)७७÷७८ भक्तपुर नपाको सीमित आर्थिक स्रोतलाई ध्यानमा राखेर पुरा गर्न सकिने योजना छनौट गरी आवश्यकताको आधारमा प्राथमिकतामा राखेको र मेलम्चीको पानी पहिलो चरणमा भक्तपुरमा वितरण गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ भन्नुभयो ।
नीति तथा कार्यक्रमको छलफलमा सभासद्हरूले नगरभित्रका खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नीति आवश्यक भएको, ख्वप विश्वविद्यालय सञ्चालनको आवश्यक पहल गर्नुपर्ने, सहिदस्मृति र महेश्वरी खेलमैदानको स्तरोन्नति गर्नुपर्ने, कोरोना महामारी बढेको अवस्थामा टोल–टोलमा क्लोरिनयुक्त औषधि छर्कने कार्यलाई निरन्तरता दिनुपर्ने, नगरमा अवस्थित खुला ठाउँमा फोहर फाल्न नि?त्साहित गर्नुपर्ने, प्लम्बिङ तथा इलेक्ट्रिसियनको तालिम आवश्यक भएको, विद्युतीय शव दाहगृहको आवश्यकता रहेको, अरनिको सभाभवन र आदरनिकेतन निर्माण गर्नुपर्ने, कृषकहरूलाई समयसापेक्ष विभिन्न व्यवहारिक, प्रयोगाात्मक कृषि तालिम तथा उन्नत जातको बीऊ उत्पादन तथा नर्सरी व्यवस्थापन गर्न पुग्दो मात्रामा नपाकै कृषियोग्य जमिन व्यवस्थापन गनर्’पर्नेलगायतका सुझावहरू प्रस्तुत गर्नुभयो । उहाँहरूले आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माण गुणस्तरहीन हुन सक्ने, नगरका उपयुक्त ठाउँहरूको आकासे पानी संकलन र प्रशोधन गरी वितरणको व्यवस्था गर्नुपर्ने, तारहरूको भूमिगत व्यवस्थापन गर्नुपर्ने, नयाँ आवास निर्माण क्षेत्रहरूमा पनि कलात्मक पाटी पौवा, ढ’ंगेधारा तथा पोखरीहरू निर्माण गनर्’पर्नेलगायतका सुझावहरू व्यक्त गर्नुभएको थियो ।
[[img2]]