नेपाल कोरिया मैत्री अस्पताललमा अक्सिजन उत्पादन सुरु
बैशाख ३१, २०७८, शुक्रबार | दिउँसो ०२:०५ बजे | 30
भक्तपुको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री अस्पतालमा आजदेखि मेडिकल अक्सिजन उत्पादन सुरु गरेको छ। अस्पतालमा उपचारत संक्रमितलाई आवश्यक अक्सिजनको जोह गर्न अस्पताल परिसरमै प्लान्टवाट अक्सिजन उत्पादन सुरु गरेको अस्पतालले जनाएको छ ।
मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख एवं अस्पतालका अध्यक्ष मदन सुन्दर श्रेष्ठले कोरोना संक्रमित विरामीहरुलाई अक्सिजनको अभाव भएपछि अक्सिजन अभाव कम गर्न अस्पतालले अक्सिजन मेसिन जडान गरी अक्सिजन उत्पादन सुरु गरेको बताए। अक्सिजन उत्पादनसँगै दैनिक रुपमा झेल्दै आएको अक्सिजन अभावमा केहि राहत मिलेको प्रमुख श्रेष्ठको भनाई छ,। उनले भने, उत्पादित अक्सिजन अस्पतालको आइसियू, एचडियू र भेन्टिलेटरमा उपचारत संक्रमितलाई प्लान्टबाटै कन्ट्रोल गरि प्रवाह गर्नेछौं। अक्सिजन नपाएर संक्रमितको मृत्यु हुने जोखिम कम भएको उनी बताउँछन।
[[img2]]
उनले दैनिक प्रति घन्टा आठ हजार लिटर अक्सिजन उत्पादन हुने उनी बताउँछन। उनले भने, ‘तत्काललाई ३० सिलिण्डर उत्पादन गरे पनि केही प्रविधिहरु जोडेपछि यसबाट दैनिक ९० सिलिण्डरसम्म उत्पादन गर्न सकिन्छ ।’अक्सिजनको प्लान्ट एक दुई महिनामा अरु मेसिनहरु पनि थप्ने योजना रहेको उनी बताउँछन। यो अक्सिजन अस्पतालको लागि मात्र प्रयोगको गर्ने उनी बताउँछन।
यस प्लान्टले वातावरणमा रहेको हावालाई फिल्टर गरि अक्सिजन उत्पादन गर्ने गर्दछ । इमरजेन्सी कक्ष, कोभिड आईसीयु र भेन्टिलेटरमा भएका बिरामीसम्म पाइपबाट सीधै अक्सिजन पुरयाउने व्यवस्था मिलाइएको छ उनले जानकारी गराए। पाइप जडान नभइसकेका स्थानमा भने तत्कालका लागि सिलिण्डरबाटै काम चलाउनुपर्ने नगरपालिका उनी बताउँछन।
अक्सिजन उत्पादनको लागि करिव ६५ लाख रुपैयाँ खर्च भएको उनले सुनाए।