चिनीको मूल्य बृध्दि सम्बन्ँधमा तत्काल आवश्यक कारवाहीको माग


बैशाख २९, २०७८, बुधबार | विहान १०:१४ बजे | 50


चिनीको मूल्य बृध्दि सम्बन्धमा तत्काल आवश्यक कारवाहीको माग

उपरोक्त बिषयमा उपभोक्ता हक अधिकारको लागी अबिछिन्न रुपमा निस्पक्ष आवाज सहित उपभोक्ता हितको पक्षमा संघर्ष गर्दै आएको  राष्टिय उपभोक्ता मन्चले चिनीको आपूर्ति, उत्पादन, बितरण तथा नियमनको बारेमा निरन्तर आवाज उठाउदै आएको व्यहोरा माननीय मन्त्रीज्यूमा अवगत नै भएको होला ।

नेपालमा कोविद १९ को दोश्रो श्रृंखलाको रुपमा अत्यन्त डरलाग्दो र भयावह कोरोनाको संक्रमण देशभरमा फैलिएको र दैनिक सय भन्दा बढि नेपाली जनताको मृत्यु भई रहेको अवस्थामा आम नेपाली उपभोक्ताको लागी अत्यावश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरुको बजार मूल्य बिगत दुइ महिना देखि अचाक्ली बढन थालेको व्यहोरा माननीय मन्त्रीज्यूमा जानकारी गराउन चाहन्छौं । बिशेषतः चिनीको कारोवारमा र बिक्रि बितरणमा अस्वाभाविक रुपमा मूल्य बढी रहेको अवस्था अहिले बजारमा अनुगमनको क्रममा राजधानी क्षेत्रमा नै प्रति किलो ११० रुपैयांसम्म उपभोक्तासंग लिएको देखिएबाट प्रष्ट हुन्छ ।

माननीय मन्त्रीज्यू,
    उपरोक्त बिषयलाइ गम्भिरताका अध्ययन गर्दा बजारमा चिनीको अभाव हुनु र बजार मूल्य आकाशिनुको पछाडी निम्न तथ्यहरु रहेको देखिन्छ ।
ड्ड    गत आर्थिक बर्षमा नेपालमा स्थापित १४ पटा उद्योग मध्ये ९ वटा चिनी उद्योगहरुले मात्र उखुको क्रसिंग गरेको र देशको मांगको तुलनामा कम चिनी उत्पादन भएको र निजी क्षेत्रबाट पाकिस्तानी चिनी बढि भन्सार मूल्य तिरेर भएपनि आयात गरी बजारमा बिक्रि बितरण भएकोले चिनीको अभाव नभएतापनि बिक्रि मूल्य बढेरमा ८० देखि ८५ रुपैयां प्रति किलोमा बिक्रि बितरण भएको देखिन्छ ।
ड्ड    नेपालमा चिनीको कूल उत्पादन क्षमता २४० हजार मेट््िरक टन भएतापनि गत बर्ष १८० हजार मे.टन चिनी उत्पादन भएको चिनी उद्योगीहरुको भनाइ रहेकोछ ।
ड्ड    देशको आवश्यकता २५० हजार मेट््िरक टन रहेको तथ्यानुसार गत बर्ष नै ७० हजार मेट््िरक टन चिनीको आपूर्तिमा न्यून रहेको देखिन्छ ।
ड्ड    चालु आर्थिक बर्षको सिजनमा उद्योगहरुले क्रसिंग गरी जम्मा १०० हजार मेट््िरक टन मात्र चिनी उत्पादन गर्न सकेको तथ्यलाई आधार बनाउने हो भने बजारमा मांगको तुलना १५० हजार मे.टन चिनी उत्पादनमा कमि आएको देखिन्छ ।
ड्ड    उद्योग र निजी क्षेत्रबाट बिक्रि बितरण गरेको चिनीको मूल्य गत साल न्यूनतम ६९ देखि अधिकतम ७५ रुपैयां प्रति किलो रहेकोमा यस बर्षको कार्तिक महिना देखि चिनीको खुद्रा मूल्य बढन गई प्रति किलो ७६ देखि ८५ रुपैयां प्रति किलो रहेकोमा गत महिना देखि चिनीको मूल्यमा अस्वाभाविक रुपमा बृध्दि भई प्रति किलो ९० देखि ११० रुपैयां सम्ममा उपभोक्ताले खरिद गरेको कुरा २०७८।१।२६ मा भक्तपुर नगर पालिका क्षेत्रमा स्थानीय तहले गरेको बजार अनुगमनको क्रममा देखिएको कुरा जानकारी गराउन चाहन्छौं ।
ड्ड    यो आ.ब. को माघ सम्मको रेकषर्् अनुसार बिदेशबाट निजी क्षेत्रले १ लाख मेट््िरक टन चिनी आयात भएता पनि साल्ट ट््रेडिंग कर्पोेरेशनसंग स्टक सकिन लाग्यो भन्ने हल्ला चल्नासाथ अहिले चिनीको मूल्य व्हात्तै बढेको व्यापारी र सर्वसाधारण उपभोक्ताको भनाइ रहेकोछ व्यहोरा माननीय मन्त्रीज्यूमा अवगत गराउन चाहन्छौं ।
ड्ड    चिनी उद्योगहरुले गत चैत्र देखि नै चिनीको स्टक नरहेको कुरा सार्वजनिक गरेको भएतापनि गत चैत्र महिनासम्म उद्योगको व्दार मूल्य (ँबअतयचथ न्बतभ एचष्अभ) ७३ देखि ७५ रुपैयां प्रति किलो कायम रहेकोमा २०७८ बैशाख शुरु हुनासाथ व्दार मूल्य नै ८० प्रति किलो (भ्याट सहित) कायम गरेको थियो भने लकडाउन शुरु गर्नासाथ उद्योगको व्दार मूल्य ८५ रुपैयां प्रति किलो (भ्याट सहित) कायम गरी बजारीकरण पाइएकोछ । यसमा ठूलो परिमाणमा राजस्व छली गरिएको प्रवल सम्भावना देखिएकोछ ।
ड्ड    अत्यन्त गम्भिर र ध्यानाकर्षण योग्य कुरा छ कि चैत्र महिना देखि नै स्टक सकियो भनेका कुराहरु स्मरण गराउदै उद्योगीहरुले लगातार मूल्य बढाउदै बजारमा स्टक सकिसकेको चिनी कहांबाट ल्यायो ?  यस बिषयमा माननीय मन्त्रीज्यूको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।
ड्ड    हामीलाइ प्राप्त जानकारी अनुसार नेपालमा स्थापित चिनी उद्योगीहरु सबैले नै तेश्रो देश बिशेष गरी भारतबाट चिनी आयात गर्ने प्रमुख आयातकर्ताहरु पनि हुन । यस कुराको पुष्टि भन्सार बिभागको गत बर्षको रेकर्डबाट देखिन्छ । गत बर्ष नेपालमा निजी क्षेत्रबाट करिव १३० हजार मेट््िरक टन चिनी बिदेशबाट आयात भएको हेर्न सकिन्छ ।

    उपरोक्त कुराहरुलाई गम्भिरतापूर्वक ध्यानमा राखी यस मन्चले उठाएको उपरोक्त तथ्यहरुमा सूक्ष्मरुपमा छानविन गरी कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल नियन्त्रण गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने, राजस्व छल्ने उद्योगी तथा व्यवसायीहरु माथि कडा कारवाही गरी पाउन माननीय मन्त्रीज्यू समक्ष सादर अनुरोध गर्दछौं । कोविद १९ को महामारी र लकडाउनको दोहोरो मारमा परेका आम उपभोक्तालाई मूल्य र आपूर्तिमा राहत दिलाउनको लागी तत्काल बजारमा हस्तक्षेप गरी आपूर्ति व्यवस्थापन सहज गर्न साल्ट ट््रेडिंग कर्पोरेशनलाई कम्तिमा ५० हजार मेट््िरक टन चिनी सहुलियत मूल्यमा आयात गर्न लगाइ उपभोक्ता हित संरक्षण गर्न गराउनको लागी अनुरोध गर्दछौं
(प्रेमलाल महर्जन)
अध्यक्ष


Comments