मध्यपुर अस्पतालले कोभिडका नयाँ बिरामी भर्ना नगर्ने (विज्ञप्तिसहित)
बैशाख २९, २०७८, बुधबार | विहान ०४:३१ बजे | 30
भक्तपुर । कोभिड–१९ का बिरामीको उपचार गरिरहेको मध्यपुर अस्पतालले अब भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ ।
अस्पतालले आज विज्ञप्ति जारी गर्दै हाल उपचाररत बिरामीको उपचारमा पनि कठिनाई भएको हुनाले बिरामीका लागि चाहिने अक्सिजनको व्यवस्था नभए सम्मलाई नयाँ बिरामीलाई भर्ना लिन नसक्ने जनाएको छ ।
अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले अक्सिजन सहज रुपमा आएपछि अस्पतालले फूल फेजमा काम गर्न सक्ने बताउँदै जतिसक्दो चाँडो अक्सिजन आपूर्तिमा सहज गर्न सरोकारवालालाई आग्रह गरे ।