प्रहरी उपरिक्षकको विदाई र सहायक प्रजिअको स्वागत


असार ८, २०७७, सोमबार | विहान १०:०७ बजे | 60


भक्तपुर । भक्तपुर जिल्लाको सेवा कार्यकाल सम्पन्न गरी सरुवा हुन लाग्नु भएका प्रहरी उपरिक्षक श्री सविन प्रधान र भक्तपुर जिल्लाको नयां कार्यकालका लागि आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री दुर्गा दत्त ढकाललाई एक कार्यक्रमकाबीच आज भक्तपुर उद्योग वाणिज्य संघमा विदाई तथा स्वागत कार्यक्रम एकैसाथ आयोजना भयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुंदै संघका वरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले जिल्ला प्रशासन, प्रहरी प्रशासन र उद्योग वाणिज्य संघबीच विगत लामो समयदेखि सुमधुर सम्बन्ध रहि आएको र उक्त सम्बन्धलाई अझ मजबुट बनाउनमा प्रहरी उपरिक्षक श्री सविन प्रधानको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । यसै गरी नयां आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री दुर्गा दत्त ढकालबाट आगामी दिनमा जिल्लाको आर्थिक सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्नु हुने विश्वास व्यक्त गर्नु भयो ।

सो अवसरमा बोल्नु हुंदै प्रहरी उपरिक्षक श्री सविन प्रधानले प्रहरीको प्रमुख जिम्मेवारी भनेको जिल्लाको शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुहुदै वहांको कार्यकालमा जिल्लामा कुनै पनि अप्रिय घटना नघटनुमा उद्योग वाणिज्य संघको भूमिका अहम भएको बताउनु भयो । त्यस्तै वहांले मौजूदा प्रतिकूल परिस्थितिमा पनि सामाजिक वातावरणलाई सहज बनाउन उद्योग वाणिज्य संघले प्रशासनसंग नियमित समन्वयमा रही कार्य गरेको प्रति प्रशंसा व्यक्त गर्नु भयो ।
[[img2]]
यसैगरी कार्यक्रममा बोल्नुहुंदै सहायक प्रमुख जिल्ला अधिकारी श्री दुर्गा दत्त ढकालले प्रशासन र व्यवसायीबीच हुन सक्ने असमझदारीलाई मध्यस्थता गर्ने कार्यमा उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्नु हुंदै संघका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक श्री कृष्ण प्रसाद अवालले समाज र समुदायका लागि राम्रो कार्य गर्ने व्यक्तिहरु मात्रै स्वागत र विदाईका हकदार हुने बताउनु भयो । यसैगरी वहांले मौजूदा कोरोना संक्रमणको विषम परिस्थितिमा सबै क्षेत्रको समन्वयमा सुझबुझ सहित कार्य नगर्ने हो भने यसबाट विकराल समस्या सिर्जना हुन सक्ने तर्फ पनि सचेत गराउनु भयो ।
सो क्रममा संघका वस्तुगत तर्फका उपाध्यक्ष श्री रोशन भोयद्योले धन्यवाद ज्ञापन गर्नुहुंदै प्रशासन र उद्योग वाणिज्य संघको समन्वयमा जिल्लामा अझै धेरै उदाहरणीय कार्यहरु गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा विदाई हुनु भएका प्रहरी उपरिक्षकलाई मायाको चिनो सहित विदाई गरिएको थियो भने नया आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारीलाई ढाकाको मफलर र फूलको गुच्छा सहित स्वागत गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

Comments