प्रहरीलाई प्रतिकारमा उत्रिन मेयर महर्जनको आग्रह
बैशाख २७, २०७८, सोमबार | विहान ०५:१३ बजे | 25
ललितपुर । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सामाजिक संञ्जालमा निस्किएको कुरामा प्रतिकार गर्न आग्रह गर्नुभएको छ । रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्राका विषयमा छलफल गर्न ज्यापू समाजको संयोजनमा आईतबार भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आयोजना गरेको सरोकारवालाको भेलामा सो आग्रह गर्नुभएको हो ।
यद्यपि प्रतिकार कुन रूप र स्तरमा हो, उहाँले त्यो खुलाउनु भएन ।झ यहाँ कुनै कुनै खेल्ने तत्वहरू छन् । ती खेल्ने तत्वले अहिलेको सामाजिक संञ्जाल प्रयोग गरेर नचाहिने किसिमले खेल्न सक्छ ।ञ उहाँले भन्नुभयो । फेसबुक , ट्विटर वा अन्य सामाजिक संञ्जालमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्न मेयर महर्जनले सिडियो कार्यालय, प्रहरी कार्यालय र १९ जातीय समाजसहित खलःपुचःको नामै तोकेर आग्रह गर्नुभयो । सो बैठकमा स्थानीय प्रशासन, प्रहरी र गुठी संस्थान, रथयात्रा सम्बद्घ सरोकारहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।झ यहाँहरू सबैलाई अनुरोध के हो त भन्दाखेरी हाम्रो सिडियो कार्यालयदेखि प्रहरी कार्यालय खलः पुचःहरूले फेसबुकका वालहरूमा यताउति कुनै कुरा निस्कियो भने त्यसमा प्रतिकार गर्नुपर्दछ ।ञगत वर्ष भदौ १८ गते विहीवार स्वतःस्फूर्त रथ तान्ने र त्यसपछि प्रहरी र स्थानीयबीच झडपलाई मेयर महर्जनले सरोकारवालारू रथयात्राको विषयमा अनिर्णयको बन्दी रहेको र हामी जाग्नुपर्याे भन्ने आशयले फेसबुक, ट्विटरहरू पोष्टिङ्ग गरिएपछि भएको घटनाको चित्रण गर्नुभयो । मेयर महर्जनले यहाँ कुनै, कुनै खेल्ने तत्वहरू रहेको भन्दै ती खेल्ने तत्वहरूले गत वर्ष पनि सामाजिक सञ्जाल प्रयोग गरेर त्यसरी खेलिएको भन्दै उहाँले भन्नुभयो झसबैले आ आफ्नो क्षेत्रमा बसेर, आफ्नो ल्याकत र तागतले भ्याएसम्म काम गरिराखेको थियो । तर यसको समाचार मात्र बाहिर बजारमा गएको थिएन । तर खेल्ने तत्वले यो समाजले, खलः पुचःले केही पनि गरेन, तसर्थ हामी जाग्नुपर्याे भनेर फेसबुकमा, अन्य सामाजिक सञ्जालमा पोष्टिङ्ग गर्याे। फेसबुकका वालहरू यसरी भरियो, त्यो बेलासम्म पनि हामी कसैको ध्यान गएन । त्यो घटना घट्न गयो ।ञ
गत वर्ष प्रहरी र स्थानीयबीच झडप भएपछि मेयर महर्जन रथ बनाउन, तान्न ललितपुर महानगरपालिकाको कुनै पनि भूमिका नहुने भन्दै विज्ञप्ति प्रकाशित गरेको थियो । रथ बनाउनेदेखि र तान्ने सम्म अवधिमा भएका कयौ बैठकमा सहभागी , कतिपय बैठक महागरपालिको हलमा भएको पृष्ठभूमिमा सो विज्ञप्ति निकालिएको थियो । सो घटनापछि उत्पन्न असहज परिस्थितिमा स्वतः स्फूर्त रथ तान्न संलग्न भएकालाई उच्छृंखल र अराकताको संज्ञा दिँदै मेयर महर्जन कारवाही गर्न माग गर्नुभएको थियो । त्यस क्रममा करिब १५ जना बढी मानिसहरू खोजी खोजी प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाईएको थियो ।