कोरोना हटस्पट बन्दै भक्तपुर, एकैदिन ५०४ संक्रमित
बैशाख २६, २०७८, आइतबार | साँझ ०४:१० बजे | 40
काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४१ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । जसअनुसार काठमाडौंमा ३१ सय ६१ जना, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जना संक्रमित पुष्टि भएको छ ।
योसहित नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको छ भने र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।