मातातीर्थ औंसीलाई मध्येनजर गरी मिठाई पसल अनुगमन


बैशाख २६, २०७८, आइतबार | विहान ०५:४५ बजे | 20


भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक र च्याम्हासिंहमा मिठाई पसल अनुगमन गरियोे । विश्वव्यापी महामारी रुपमा नया“ भेरियन्टसहित फैलिएको नोवेल कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि मातातीर्थ औंसी सामान्यरुपमै सम्पन्न गर्न मिठाई पसलहरु नखोल्न र मिठाईका सामानहरु नबनाउन अनुरोधको लागि मिठाई पसलहरु अनुगमन गरेको संयोजक गोराले बताउनु भयो । उहा“ले निषेधाज्ञामा चिया र मिठाई पसल खोल्न नपाउने भएपनि लुकिछिपि खोलिराखेको पसलहरुमा अनुगमन गरी कार्यवाही पक्रिया अगाडि बढाएको बताउनुभयो ।
अनुगमनमा श्याक्य स्विट्समा प्याकेजिड्ड सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रि वितरण गर्न, ढुसि परेको खुवा ६ केजि, म्याद नाघेको खाद्य कलर(रड्ड) १ बट्टा र सोहि म्याद नाघेको कलर(रड्ड) बढी राखी बनाएको लद्दु ११ किलो ५०० ग्राम जफत गरी नष्ट गरियो भने तराजु १ जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै विनायक मिठाई भण्डार पसल नविकरण गर्नुपर्ने, प्याकेजिड्ड सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रि वितरण गर्न, कलर बढी भएको मिन्की ४ किलो ५०० ग्राम जफत गरि नष्ट गरियो । त्यस्तै श्री नवदुर्गा एण्ड चाट हाउस मिठाईमा प्याकेजिड्ड सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रि वितरण गर्न निर्देशन दियो । त्यस्तै लक्ष्मी स्वीट्स एण्ड प्यालेसमा प्याकेजिड्ड सामानमा खाद्यबाट अनुज्ञापत्र लिई लेबल राखीमात्र विक्रि वितरण गर्न, म्याद नाघेको न्यू भक्तपुर चाउचाउ २ पाकेट जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
अनुगमन समितिका भनपा श्यानिटेशका व.नि.रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजूू, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, स्वास्थ्य कार्यँलय भक्तपुरका दिलबहादुर बस्नेतको सहभागी थियो ।

Comments