महेश बस्नेतलाई कोरोना


बैशाख २५, २०७८, शनिबार | दिउँसो ०२:१४ बजे | 30


भक्तपुर, बैशाख २५ । पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना भ्याक्सिनको दुवै डोज लिइसकेका उहाँमा शुक्रबार गरिएको सांसदहरुको नियमित पीसीआर परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य छ भने लक्षण केही पनि देखिएको छैन ।
उनको सीटी भ्यालु अहिले ३६ देखिएको छ । ४० भन्दा माथि सीटी भ्यालु भएपछि कोरोना निको भएको मानिन्छ  । उहाँ अहिले घरमै स्वास्थ्यलाभ गरिरहनु भएको छ ।

Comments