व्यवस्था भित्र !
असार ८, २०७७, सोमबार | विहान ०३:१३ बजे | 5
रामकृष्ण प्रजापति
कोरोनाको बयान
पृथ्वी मासिसहरु जन्मेको माटोमा
सास फेर्न गा¥हो भएथें, हजुर !
बन जंगलको विनास
गरे जस्तो होइन
वातावरण प्रदुषण जस्तै
वातावरण प्रदुषणले जस्तै
प्राकृतिक उत्पति वा मानव निर्मित
नयाँ रोग, कोभिड १९ भन्दै
तर्सन्दै र सर्तकिदैँ
सरकारले र उनका मतियारहरुले
गर्भवतिको ज्यानसंग
खेलवाड गरे
विश्वका मानिसलाई निम्छरो बनाई
मानिसको लासले पहाड बनायो
मानिसको जीवन समाप्त पारे
काल नआएकी मनिस
अकालमा मर्यो, हजुर !
कोभिड १९ सुक्ष्म जीवाणु
मानिसको जीवनको मुल्य
र पैसाको मुल्य
बीच भिन्नता देखायो
मानवता देखाएको समाजवादी देशमा
कोभिड १९ माथि विजय र नियन्त्रण
व्यापारघाटा देख्ने साम्राज्यवादी देशमा
कोभिड १९ ले सखाप परे ।
साम्राज्यवादीहरुको लापार्वाहीले
पूँजीवादी देशका राजकुमारीहरुको मुख नहेरी
कोभिड १९ ले व्यवस्थाको छताछुल्ल देखाईदियो, हजुर !
कोभिड १९ ले मनिसको रक्षा गर्ने औषाधि केहीं छैन
म बाच्न चाहन्छु
त्यसैले मलाई समाजवादी व्यवस्था भित्र
राखीदिनुस्, हजुर !
समाजवाद भित्र ।