राष्ट्रिय युवा संघद्धारा पत्रकार महासंघलाई सहयोग
बैशाख २३, २०७८, बिहीबार | दिउँसो ०३:०१ बजे | 30
राष्ट्रिय युवा संघ नेपालले बिहीबार नेपाल पत्रकार महासंघ भक्तपुरलाई स्यानिटाइजर १० लिटर र मास्क ७ सय सहयोग गरेको छ । युवा संघका उपमहासचिव योगेन्द्र लामा (वाला)सहितको टोली महासंघ कार्यालय सल्लाघारी पुगेर सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा उपमहासचिव लामाले आगामी दिनमा पनि महासंघको संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । महासंघका अध्यक्ष जगत प्रजापतिले सहयोगका लागि धन्यवाद दिँदैं प्राप्त सामग्रीले पत्रकारहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि महासंघको संस्थागत विकासका लागि सहकार्य गर्न युवा संघलाई आग्रह गर्नुभयो ।