तामाङ राष्ट्रिय भवनको लागी आर्थिक सहयोग


बैशाख २३, २०७८, बिहीबार | दिउँसो १२:२३ बजे | 30


युवा संघ नेपालको केन्द्रिय सदस्य रबिन्स लामा द्वारा तामाङ समुदायको लागी पहिलो चोटि बन्न लागेको तामाङ राष्ट्रिय भवनको लागी आर्थिक सहयोग गर्नु भएको छ,सहयोग रकम राष्ट्रिय तामाङ घेदुङको,महासचिव प्रबिन बल लाइ हस्तान्तरण गरिएको हो ।
बुढानिलकण्ठ नगरपालिका ३ चपलिमा निर्माणकार्य भइरहेको भवनको हाल तेस्रो तल्ला निर्माणधिन अबस्थामा रहेको संस्थाका महासचिव प्रबिन बलले हामिलाइ जानकारी गराउनु भएको छ ।
यति मात्र नभइ २०७८ जनगणनामा आफ्नो नाम र थरको पछाडि तामाङ,अनि धर्ममा बौद्ध लेख्न पनि अनुरोध गर्नु भएको छ ।
तामाङ जातीको पहिचान झल्किने तामाङ संग्रहालयको रुपमा तामाङ समुदायले तामाङ पहिचान भेटाउन सक्ने उक्त भवनको लागी सकेको सहयोग गरिदिनु हुन सम्पुर्ण पहिचान प्रेमी समुदायहरुलाइ पनि अनुरोध गर्नु भएको छ ।

Comments