भक्तपुर नगरपालिकाको सातौं नगरसभा आजबाट सुरू
असार ७, २०७७, आइतबार | विहान ०९:५७ बजे | 40
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको सातौं नगरसभा आइतबारबाट सुरु भयो ।
सभामा नगर प्रमुख प्रजापतिले संघ र प्रदेशबाट विनियोजित बजेटको आधारमा भक्तपुर नगरपालिकाको आगामी बजेटको खाका तयार हुने बताउनुहुँदै स्थानीय तह निर्वाचन २०७४ मा नेमकिपाले भक्तपुर नगरपालिकाको लागि प्रस्तुत गरेको घोषणापत्र अनुरुप अगाडि बढ्ने बताउनुभयो ।
[[img2]]
ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्न योगदान गर्ने भक्तपुर नगरपालिकाको उद्देश्य रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्यहरु चालु अवस्थामा रहेको बताउनुभयो ।नीति तथा कार्यक्रममाथि छलफलको लागि नगरसभाको अर्को बैठक असार ९ गते दिनको ११ः०० बजे बस्ने गरी बैठक सम्पन्न भयो ।