स्काउटद्धारा फेरि जनचेतनामूलक अभियान सुरु
बैशाख २१, २०७८, मङ्गलबार | दिउँसो ०१:३४ बजे | 35
नेपाल स्काउट भक्तपुरले कोरोनाविरुद्ध जनचेतनामूलयक अभियान थालेको छ । कोरोनाविरुद्धको दोश्रो लहरले तीव्र रुपमा संक्रमण गर्न थालेसँंगै नागरिकलाई सचेत बनाउन जनचेतनामूलक अभियान थालेको जनाइएको छ । भक्तपुर नगरपालिकासँंग समन्वय गरी स्काउटले आज मंगलबारदेखि अभियान थालेको हो । अभियान अन्तर्गत नगरभित्रका विभिन्न ठाउँमा जनचेतनामूलक अभियान थालेको स्काउट भक्तपुरका प्रमुख रामगोपाल कर्माचार्यले बताए । यसअघि पनि नेपाल स्काउट भक्तपुरले यस्तै अभियान चलाएको थियो ।