उपत्यकामा निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने
बैशाख २१, २०७८, मङ्गलबार | विहान १०:१९ बजे | 20
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो।
अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।