निषेधाज्ञामा कमलबिनायकमा बजार अनुगमन


बैशाख २१, २०७८, मङ्गलबार | विहान ०६:४० बजे | 60


निषेधाज्ञामा कमलबिनायकमा बजार अनुगमन
भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा मंगलबार कमलबिनायकमा बजार अनुगमन गर्यो ।
कोभिड १९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड अनुसार पसल सञ्चालन भए नभएको र खाद्यबस्तु सामानहरु कालोबजारी र मुल्यबृद्धि नहोस् भने हेतुले बजार अनुगमन गरेको उपभोक्ता मञ्चका मनोज थापाले बताउनु भयो ।
अनुगमनमा विनायक फुड स्टोरमा पसल थोक विक्रेता भएकोले श्रेणि बढाउनु पर्ने, मुल्य सूचिमा मुल्य लखी व्यवस्थित गर्नुपर्ने, म्याद नाघेको सामानहरु भ्यासेलिन २८ वटा, ग्यालेक्सी जम्बो बासमति चामल ५ केजिको ३ पाकेट, धाराको हाप लिटर तेल २ पाकेट, पतंजलीको हल्दी साबुन ९ वटा, पतंजली कै पञ्चगला साबुन १९ वटा, पियर साबुन ३ वटा, लिरिल साबुन ६ वटा, निम साबुन २ वटा, लाइफ ब्वाइ ४ वटा, पर्ल साबुन ५ वटा, लक्स साबुन १ वटा, गोडरेज नं १ साबुन २ वटा, भिम साबुन १ वटा जफत गरी नष्ट गरियो भने नगरपालिकामा तीन दिन भित्र उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
त्यस्तै बिनायक किराना कन्सर्नमा थोक विक्रेता भएकोले श्रेणी बढाउनु पर्ने र म्याद नाघेको सामानहरु जस्मिन चिकेन मसला १२ बट्टा भएको १५ पाकेट, जस्मिन चिल्ली पाउडर १५ पाकेट, हिमांशु गोल्ड सुजि १० पाकेट, एमपि सोनालि पेश्ता ५० पाकेट जफत गरी नष्ट गरियो भने तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशन मैया सुवाल, श्यानिटेशनका व.नि.रामकृष्ण प्रजापति, भक्तपुर उद्योग बाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, साहायक प्रहरी निरिक्षक नजरमान घलानको सहभागी रहेको थियो ।

Comments