निषेधाज्ञामा व्यासीमा बजार अनुगमन
बैशाख २०, २०७८, सोमबार | विहान ०८:३१ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार व्यासीमा ६ वटा पसलहरु अनुगमन गरेको छ । कोभिड १९ को महामारी फैलिएको बेला स्वास्थ्य मापदण्ड ः– माक्स, पञ्जा, सानिटाईजर र सामाजिक दुरी अपनाई पसल सञ्चालन भए नभएको र खाद्यबस्तु सामानहरु कृतिम अभाव देखाई मुल्य बृद्धि र कालोबजारी नहोस् भने हेतुले बजार अनुगमन गरेको साथै पसल व्यवसायीहरुले तरकारीको मुल्यमा गिरावट आएको सुनाएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा सिलबन्दी मादक पदार्थ पसल नविकरण गर्नुपर्ने, मुल्य सुचि राख्नुपर्ने, म्याद नाघेको सामानहरु जम्बो स्प्राइट १ वटा, जम्बो कोकाकोला ७ वटा, जम्बो फाण्टा २ वटा, स्टिङ जुस १, बदामको जुस ३ वटा, लाक्मे फेस स्टाइल १ वटा जफत गरी नष्ट गरियो ।
त्यस्तै जमुना किराना पसल नविकरण गर्नुपर्ने, प्याकेजिड्ड सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न, म्याद नाघेको सामानहरु प्रोमेग्रान्ट फ्रुट ड्रिंक्स ३ वटा, रियल जुस ११ वटा, रुचि जुस १ वटा, बि एन बि ध्यू ३ वटा, स्लाइस २ वटा, टोमाटो जुस ५ वटा, मोसरुम ३ वटा, सगुन तोरीको तेल हाप लिटरको २ वटा, कर्न चिप १२ पाकेट, मान्गो जुस ३ वटा, सनफ्लोर तेल १ वटा, ब्रिटानिया विट रुस ५ पाकेट, क्लिस सोडा १ पाकेट, वेलकम चिया १ पाकेट, खजुरी पफ २ पाकेट, टप विस्कुट ४ पाकेट जफत गरी नष्ट गरियो भने निजको तराजु १ थान जफत गरी कार्यालयमा तीन दिन भित्र कार्यालय उपस्थित हुन निर्देशन दियो ।
त्यस्तै लक्ष्मी किरान पसल नविकरण गर्ने, मुल्य सूचि राख्ने, प्याकेजिड्ड सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न, खरिद र विक्रि बिल प्रयोग गर्न निर्देशन दियो । त्यस्तै सुन्दर भेज स्टोर नविकरण गर्न र प्याकेजिड्ड सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दियो ।
त्यस्तै निरजको किराना पसल दर्ता गर्न, मुल्य सुचि राख्न, म्याद नाघेको सामानहरु कुरकुरे ५ पाकेट, क्विक्स ३ पाकेट, ह्यापि चिजबल २ पाकेट, हट्के झट्के चाउचाउ १ पाकेट, अल टाइम टोमाटो मच ११ पाकेट, पपकर्न २ पाकेट, वहा पपकर्न १ पाकेट, यो म्याजिक मसला क्रेकर २ पाकेट, मामा चिकेन भुजिया ६ पाकेट, कुरकुरे १ पाकेट, विग मिनि चाउचाउ ४१ पाकेट, शान्ति चेरी कुकिज ३ पाकेट, हिट्स चाउचाउ १ पाकेट जफत गरी नष्ट गरियो भने तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । अनिलाको किराना पसल नविकरण गर्न, मुल्य सुचि राख्न, प्याकेजिड्ड सामानको लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दिई अएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनमा श्यानिटेशनका व.नि.रामकृष्ण प्रजापति, भक्तपुर उद्योग बाणिज्य संघका विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद बाटी, साहायक प्रहरी निरिक्षक नजरमान घलानको सहभागी रहेको थियो ।