पत्रकार महासंघको आवास गृहलाई आइसोलेसन कक्ष बनाइने


बैशाख १९, २०७८, आइतबार | विहान ०६:११ बजे | 30


काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारग्रामस्थित आवास गृहलाई अक्सिजनसहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको छ । पत्रकारको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै आइसोलेसन कक्ष बनाउने निर्णय गरेको हो ।

प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्रीका लागि पहल भइरहेको महासचिव रोशन पुरीले जानकारी दिए । महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरेको उनको भनाई छ ।

अक्सिजन मेसिन किन्नका लागि पाइने ठाउँका बारेमा जानकारी दिनका लागि पनि आग्रह गरिएको छ । काठमाडौं उपत्यका बाहिर पनि प्रदेश र जिल्ला शाखामार्फत विभिन्न पहल भइरहेको महासचिव पुरीले जानकारी दिए ।

Comments