यस्तो हुँंदैछ आजको मौसम


बैशाख १७, २०७८, शुक्रबार | विहान ०९:३४ बजे | 40


आज शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली भइ कतिपय स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार शुक्रबार देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहने छ।
पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार राति पनि तराईका भूभागमा आंशिक बदली र पहाडी भूभागमा सामान्य बदली रहनेछ।
देशका पहाडी भूभागका थोरै स्थानमा राति मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

Comments