भक्तपुरमा विहानैदेखि पास नभएका सवारीसाधन होल्डिङमा
बैशाख १६, २०७८, बिहीबार | विहान ०७:२५ बजे | 30
भक्तपुर । निषेधाज्ञा जारी भएको पहिलो दिन पास नभएका यातायतका साधनहरुलाई होल्डिङमा राखिएको छ। निषेधाज्ञा जारी गरेको आज पहिलो दिन भक्तपुरमा सामान्य रहेको छ। पास नभएका मोटर साईकल र गाडीहरुलाई होल्डीङमा राखिराखेको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियम अनुसार बिहान खाद्यान, तरकारी पसलहरु खुलेको छ। दैनिक उपभोग्य सामान बाहेकका अरु पसलहरु खुलेका छैनन्। अतिआवश्यक सामान ढुवानी गर्ने यातायतका साधनहरु पनि बिहान देखि निर्वाध रुपमा चलेको छ। बिहान ६ बजे देखि जिल्लाको बिभिन्न चोकहरुमा सुरक्षाकर्मीद्धारा चेकजाँच गरिरहेको छ।
कति ठाउँमा भने नागरीहहरु आफै सचेत नभएको देखियो। चोक बजारमा निस्केका कतिले सामान्य स्वास्थ्य मापदण्ड नै पालना नगरेको पाईएका छन। बजारमा किनमेलमा हिड्ने तथा चोकमा बसेर एक आपसमा मास्क नलगाएरै गफ गरेर बसेका पनि थिए।
निषधाज्ञामा के के गर्न पाईन्छ भने बिषयमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक जिल्ला अधिकारी मुकेश कुमार केशरीले खाद्यान्नका पसलहरु बिहान १० बजे सम्म खोल्न पाइन्छ भने साँझ ५ बजेदेखि ७ बजे सम्म खाल्न पाईने जानकारी दिए। यातायातका साधनको हकमा भने अति खाद्यान्न लगायत दैनिक उफभोग गर्ने सामान बोक्ने र अति आवश्यक कामको लागि प्रयोग गर्ने साधानलाई निर्वाध रुपमा चलाउन पाईन्छ, उनले भने भइपरि आउने अतिआवश्यक कामको लागि भने जिल्ला प्रशासनबाट पासको ब्यवस्था गरिदिने उनले बताए।