७ जना महिलाहरुमा कोरोना पुष्टि


असार ६, २०७७, शनिबार | दिउँसो ०१:०७ बजे | 45


भक्तपुर । आज ७ जना महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका छन् । कोरोना पोजेटिभ देखिएका महिलाहरु कुवेतबाट फर्किएर भक्तपुरको नेपाल विद्युत प्राधिकारण तालिम केन्द्र खरिपाटीको क्वारेन्टाइनका हुन् । जसमा मोरङका ४२ र ४१ बर्षीया महिला, कास्कीका २३ बर्षीया महिला नवलपरासी २९ बर्षीया, झापाका २८ बर्षीया, बाराका २८ बर्षीया ,सुर्खेतका २८ बर्षीया महिला रहेका छन् । जम्मा १ सय ३ जनाको परीक्षणमा यी ७ जना महिलामा पोजिटिभ देखाइएको हो ।

Comments