प्रचण्ड पत्नि दाहाल अस्पताल भर्ना
बैशाख १५, २०७८, बुधबार | विहान ०८:१९ बजे | 35
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनको शरीरमा सोडियमको मात्रा कमी भएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । सीता लामो समयदेखि विरामी छिन् । पछिल्लो समय उनी घरमै स्वास्थ्यलाभ गरिरहेकी थिइन् ।