सुडालका करिव दुई दजर्न युवाहरु कांग्रेसमा प्रवेश
बैशाख १४, २०७८, मङ्गलबार | दिउँसो ०१:३० बजे | 30
भक्तपुर । नेपाली कांग्रेसको लोकतन्त्र समाजवादी आकर्षित भई भक्तपुरको चाँगुनारायण नगरपालिका ८ सुडालका करिव दुई दजर्न अगुवायुवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
कांग्रेस पार्टी कार्यालय जय नेपालचोक भक्तपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सुडालका नेकपा एमालेका पुर्व सचिव समेत भइसक्नु भएका स्थानीय अगुवा युवा भरतप्रसाद दुलालको नेतृत्वमा सुडाल रातोपाटीका युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका हुन ।
कांग्रेस प्रवेश गर्ने युवाहरुमा सुवास श्रेष्ठ, सुरज श्रेष्ठ, बद्रीश्रेष्ठ, दिपेन्दै खड्का, चित्रबहादुर श्रेष्ठ, फुर्वा लामा, दोर्जे लामा, प्रेम विक, निर्मल रञ्जितकार, मुकेश भण्डारी, सुरेन्द्र रञ्जितकार, उमेश धुलिखेले, सुरेन्द्र श्रेष्ठ, सञ्जु मगजु, अनिल मगजु, अनिल रञ्जितकार, जेसन तामाङ, निर्मल खड्का र सुभद्रा श्रेष्ठलगायत रहेको नेपाली कांग्रेस सुडालका नेता जनक खत्रीले जानकारी दिनुभयो ।
दुलालसहितको युवाहरुको कांग्रेस प्रवेशले त्यस क्षेत्रमा कांग्रेस निक्कै बलियो हुने आंकलन गरिएको छ । दुलाल त्यस क्षेत्रको नेकपा एमालेका जुझारु नेता थिए । उनको कांग्रेस प्रवेशले एमालेलाई सुडालमा ठूलो धक्का लाग्ने बताईएको छ ।
उनीहरुलाई नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, १ नं. क्षेत्रीय सभापति जीवन खत्री, बागमति प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल, जिल्ला सचिव निशान ढुंगेल, वडा सभापति राधेश्याम कार्की, नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सदस्य उमेशकुमार खड्का लगायतका नेताहरुले टिका, खाँदा लगाई स्वागत गरेका थिए ।
सो अवसरमा कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले लोकतन्त्रमा निर्वाचनमा पार्टीको हारजित भइरहने तर लोकतन्त्र कहिल्यै हार्न नसकने चर्चा गर्दै कांग्रेस सदैव युवाहरुको साथमा रहेको बताउनुभयो ।
उहाँले नवप्रवेशी युवाहरुलाई दत्तचित्त भएर कांग्रेसको संगठन बिस्तारमा लाग्न र भोलिका दिनमा चाँगुनारायण र समग्र भक्तपुरकै नेतृत्वगर्ने उद्देश्यका साथ लाग्न आग्रह गर्नुभयो । उहाँले नवप्रवेशीहरुलाई पार्टीले उचित समयमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
क्षेत्रीय सभापति जीवन खत्रीले युवाहरुको प्रवेशले सुडालमा नेपाली कांग्रेस थप मजबुद भएको चर्चा गर्दै यसले त्यस क्षेत्रका अन्य युवाहरुलाई पनि कांग्रेसमा प्रवेश गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
बगमति प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेलले नवप्रवेशीलाई स्वागत गर्दै कसैको डरत्रास नमानी निर्धक्कका साथ पार्टी संगठनमा लाग्न निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं. ८ वडा ईकाइ सभापति राधेश्याम कार्की, नवप्रवेशी भरतप्रसाद दुलालल गायतले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैलाई समान अवसर र सम्मान मिल्ने बताउनुभयो ।