चुपिंघाट क्षेत्रमा सरसफाई


असार ६, २०७७, शनिबार | दिउँसो १२:३७ बजे | 55


भक्तपुर । भक्तपुरको प्रसिद्ध विस्केट जात्राको मुख्यस्थल ल्योसिंखेल चुपिंघाट क्षेत्रमा शनिबार सरसफाई गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रसिद्ध विस्केट जात्रामा लिंगो उठाउने ल्योसिंखेल नजिकको चुपिंघाट क्षेत्रमा सफाई गरिएको हो । घाट क्षेत्रमा रहेका घाँंस उखेल्ने, काट्ने, फोहोरहरु उठाइ फाल्नेलगायतका कामहरु गरिएका हुुन् ।
[[img2]]
कृष्ण भजन मण्डल चुपिंघाट भक्तपुरको सक्रियतामा सरसफाई गरिएको हो । सरसफाईमा भजन मण्डलसँंग सम्वद्ध एक दर्जन भन्दा वढी बुढाबुढीहरु सहभागी रहेका थिए । भजन मण्डलमा जाँंदा चिप्लेर लड्ने, घाँंसमा सर्पको डर, फोहोरलगायतका कारण सरसफाई गरिएको डा.इन्दुल केसीले जनाए ।

फाेटाेमा हेर्नुहाेस्...

Comments