नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने – उपमेयर हरिप्रभा


बैशाख १३, २०७८, सोमबार | विहान ०५:१५ बजे | 30


काठमाडौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले महिलाहरु नै अग्रसर नभइकन अधिकारबाट सुसज्जित हुन नसकिने बताउनु भएको छ । अझै पनि राज्यसँग समानताको लागि द्वन्द नसकिएको उहाँको भनाइ थियो ।

मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड-१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास तालिमको समापन समारोहका प्रमुख अतिथि उपमेयर श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै राख्नुभएको मन्तब्यमा नेतृत्व विकास तालिमको एक हप्ताको अवधिमा सहभागीमा देखिएको परिवर्तनले आफू निकै उत्साहितभएको बताउनु भएको हो । उपमेयर श्रेष्ठले मन्तब्यकै क्रममा शुभकामना गीत गाउँदा सहभागीहरु निकै उत्साहित भएका थिए ।

मंगलादेवी सिँहप्रति शब्द-सम्मान ब्यक्त गर्दै शुरु गरिएको कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवालको सभापतित्वमा भएको हो । अध्यक्ष अवालले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग प्रमुख दिपक अधिकारीले महिलाहरुको क्षमता अभिबृद्धिमा महानगरपालिकाले गम्भीरतापूर्वक विभिन्न योजना तथा कार्यक्रम निर्माण गरिरहेको बताउनु भयो । नेतृत्व विकास तालिमको सिकाई उपलब्धिले खुशीलागेको उहाँको भनाइ थियो । कार्यक्रम प्रशिक्षक सुरजवीर बज्राचार्यले प्रशिक्षार्थीहरुको सक्रिय सहभागिताएवं रातदिन नभनी गरेको मेहेनतले आफूमा उत्साह थपेको बताउनु भएको छ ।

कक्षाका प्रत्येक अभ्यासमा जिउज्यानले मेहेनतगर्ने यो अनुभव परम्पराकै रुपमा विकास होस् भन्नुहुँदै मौका आउँदा उपयोग गर्न आग्रह गर्नुभयो साथै आवश्यकता पर्दा सँधै साथमा उभिने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

तालिमकार्यक्रमका संयोजकआनन्दरत्नबज्राचार्यले महिलाहरु नेतृत्वमा रहेको हेर्ने समाजको चाहना रहेपनिअग्रसर नहुने महिलाहरुमाउत्साहजागोस् भन्ने उद्देश्यले तालिमआयोजनाभएको बताउनु भयो । अर्कोतर्फ अग्रसर हुने अठोट र क्षमताभइकनपनिअवसर र प्रोत्साहनको कमीलेमहिलाहरु नेतृत्वमापुग्ने यात्राकमजोर हुने गरेको उहाँलेबताउनु भयो ।

समापन कार्यक्रममा प्रशिक्षक सुरजवीर बज्राचार्य, तालिम संयोजकआनन्दरत्नबज्राचार्य तथा काठमाडौं महानगरपालिका सामाजिकविकास विभागप्रमुखदिपकअधिकारीलाई कदरपत्रप्रदानगरिएको थियो भने प्रशिक्षार्थीहरु सबैको हस्ताक्षर रहेको‘धन्यवादपत्र’प्रमुखअतिथि हरिप्रभा खड्गीश्रेष्ठ तथाआयोजकमंगलादेवी प्रतिष्ठानकी अध्यक्षगंगालक्ष्मीअवाललाई प्रदानगरिएको थियो ।

प्रशिक्षार्थी प्रविणा श्रेष्ठले सञ्चालनगर्नुभएको कार्यक्रममा स्वागतमन्तब्यप्रशिक्षार्थी एवं लोकप्रियगायिका सरीताशाहीले राखेकीथिइन् । काठमाडौंमहानगरपालिकाको सहयोगमाजनचिकित्सालयन्ह्योखाको हलमाभएको तालिममा २९ जनाप्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममाप्रशिक्षार्थी एवं कलाकारहरु अगिना तण्डुकार, सविनामानन्धर, सरीताशाहीले गीत समेत प्रस्तुत गरेका थिए ।

Comments