काठमाडौं उपत्यकामा निशेधाज्ञाको तयारी


बैशाख १३, २०७८, सोमबार | विहान ०४:५८ बजे | 30


काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसिरहेको छ । आजको बैठकले काठमाडौंका केही क्षेत्र खुकुलो राखेर निषेधाज्ञा जारी गर्नेबारेमा छलफल भइरहेको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार आजको बैठकले यससम्बन्धी निर्णय गर्नेछ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १५ गतेदेखि काठमाडौंमा निषेधाज्ञा जारी गर्न भनेको थियो । सोही निर्देशनअनुसार काठमाडौंमा निषेधाज्ञाको तयारी गरिएको हो । कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय पुगेका जिल्लामा निषेधाज्ञा गर्न सीसीएमसीले निर्णय गरेको थियो ।

Comments