विप्लव माओबादीबाट मजदुर नेताहरु अलग


बैशाख १२, २०७८, आइतबार | दिउँसो ०१:०९ बजे | 45


नेपाल कम्युनिष्ट पार्टी (विप्लव) संग आवद्ध मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघको पोखरामा सम्पन्न छैठौं राष्टिय सम्मेलन पश्चात संगठनसंग बैचारिक, शैद्धान्तिक, राजिनितिक र कार्यशैलीमा असहमति जनाउदै अध्यक्ष लगायत बहुमत मजदुरहरु संगठनबाट अलग भएका छन् । अलग भएकाहरुमा अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघका केन्द्रिय सदस्य भीमप्रसाद अधिकारी, अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघका अध्यक्ष कृष्ण चौधरी लगायत नौ वटा संगठनहरुका अध्यक्ष तथा महासचिवहरु छन् ।

Comments