स्काउटको बधाई, स्वागत र अभिमुखीकरण कार्यक्रम सम्पन्न
बैशाख ११, २०७८, शनिबार | दिउँसो ०२:४३ बजे | 55
भक्तपुर । भक्तपुरको लिबालिस्थित खोप्रिङ ई स्कुलको खेल मैदानमा निओ फ्युजन र खोप्रीङ स्काउट ओपन क्र्युको संयुक्त आयोजनामा बधाई, स्वागत र अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भयो । नयाँ क्र्यु सदस्यलाई स्वागत, नयाँ रोभर÷रेञ्जर लिडरहरुलाई र भरखरै सहायक लिडर ट्रेनरको उपाधि प्राप्त गर्न सफल स्काउट लिडर कृष्णसुन्दर प्रजापतिलाई बधाई साथै नयाँ क्र्यु सदस्यहरुलाई अभिमुखिकरण सम्पन्न भयो । सो कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट का पूर्ब राष्ट्रिय सचिव, राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्य , नेपाल स्काउट बागमती प्रदेश सदस्य अच्युत प्रजापति, रोभर लिडर बालकृष्ण बनमाला, सहायक प्रशिक्षक कृष्णसुन्दर प्रजापतिको सभापतित्वमा भएको सो समारोहमा स्वागत , बधाई र स्काउट शिक्षाको महत्व, आबश्यकताबारे प्रकाश पार्नुभएको थियोे ।