कम्प्युटर अपरेटर तालिम सम्पन्न
बैशाख ९, २०७८, बिहीबार | विहान ०८:३८ बजे | 30
डम्वर थापा
रामेछाप । चाइल्ड एड नेटवोर्क जर्मनीको आर्थिक सहयोग फ्राड्स नेपालको आयोजना उमाकुन्ड गाउपलिक ४ नम्बर वडा कार्यालयको सहकार्य र स्किल नेपालको प्राविधिक सहयोगमा ११ माघ २०७७ देखी ८ बैशाख २०७८ सम्म सन्चालित ३९० घन्टे सीप मुलक कम्प्युटर अपरेटर तालिम समापन गरियको छ उक्त तालिममा महिला १३ जना र पुरुष ६ जना गरी जम्मा १९ जना युवा युवतीको सहभागिता रहेको थियो । तालिम समापनको क्रममा सहभागिहरु , प्रशिक्षक, स्किल नेपालका फिल्ड सम्योजक डम्बर थापा, फ्राड्स नेपालका पारीयोजना सम्योजक छिरीङ शेर्पा र ४ नम्बर वडा अध्यक्ष मानबहादुर सुनुवारले सम्पूर्णलाई सहभागिताको लागि हार्दिक धन्यवादका साथै सिकेको सीपलाई व्यबहारमा लागु गर्न सुझाब सहितप्रमाण पत्र वितरण गरियो ।