कता पुग्यो भैरबनाथको रथ ?


बैशाख ५, २०७८, आइतबार | दिउँसो ०३:४५ बजे | 30


आठ रात नौ दिन लामो भक्तपुरको विस्केट जात्रा आइतबारबाट समापन भएको  छ  । भक्तपुरको गःहिटीमा रहेको काठैकाठले प्यागोडा शैलिमा बनाइ राखिएको तीन तल्ले करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमको समापनसँंगै जात्रा सकिने परम्परा छ । पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमसँंगै सुरु हुने जात्रा यही रथ तान्ने क्रमको समाप्तिसँंगै सकिने गर्दछ । प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडि अर्थात् यो वर्ष २०७७ चैत २८ गते यही रथ तानेर सुरु भएको जात्रा प्रत्येक वर्ष वैशाख ५ गते यही रथ तान्ने क्रमको समापनसँंगै जात्रा समापन हुने गर्दछ ।
जात्राको समापननको दिन भैरबनाथको रथलाई परम्परा जस्तै साँंझ डोरीले तान्ने काम भएको थियो । रथको दुवैतिर राखिएको डोरीमार्फत दुईतिर जोडतोड्ले रथ तानिएको थियो । यो समाचार तयार पार्दासम्म (राति साढे नौ बजेसम्म) रथ तान्ने क्रम जारी छ ।
सुरुमा रथलाई गाहिटीबाट तल्लो टोलतिर अर्थात् बुलबुलमा लगिएको थियो । पछि फेरि त्यहाँंबाट पूर्वतिर तानेर पाँंचतल्ले मन्दिर हुँंदै क्वाछेंसम्म पुगेको थियो । रथलाई दुवैतिरबाट तानातान हुने क्रम जारी छ ।
रथलाई साँंझसम्म मात्रै तानेर जात्रा सकाई विसर्जन गर्ने तालिका रहे पनि अत्याधिक भीडका कारण रथलाई राति अबेरसम्म पनि तान्ने गरिन्छ ।
यसअघि आइतबार विहान भक्तपुरको पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिंगो ढालिएको थियो । पोटरी स्क्वायरका स्थानीयले परम्परा अनुसार डोरीको सहायताले लिंगो तानेर ढालेका थिए । प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वर्षको अन्तिम दिन अर्थात् यो वर्ष चैत ३१ गते मंगलबार उठाइएको लिंगो ढालिएको थियो । जात्राको क्रममा प्रत्येक वर्ष जात्राको अन्तिम दिन अर्थात वैशाख ५ गते यो लिंगो ढाल्ने गरिन्छ । लिंगो ढालिएको हेर्न विहानदेखि भक्तपुर नगरभरिका हजारौं नगरबासी पोटरी स्क्वायर पुगेका थिए । विहानैदेखि लिगो ढालिएको हेर्न उनीहरु घण्टौ त्यहाँं रहेका थिए । यसअघि भक्तपुरको भेलुखेलमा उठाइएको ५५ हात लामो लिंगो वैशाख १ गते नै परम्परा अनुसार ढालिएको थियो ।
भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो ल्योसिंखेलमा उठाउनु, ढाल्नु, भैरबनाथको रथ तान्नुु र जिल्लाकै मध्यपुर थिमिमा जिव्रो छेड्नु भक्तपुरको विस्केट जात्राका मुख्य आकर्षणहरु हुन् ।
जात्राका क्रममा प्रत्येक वर्ष विभिन्न कारणहरुले गर्दा घाइते हुने गर्दछन् । अत्याधिक भीडमा हुने जात्रामा भैरबनाथको रथबाट खसेर, च्यापेर अनि लिंगो उठाउने तथा ढाल्ने क्रममा घाइते हुने गर्दछ ।

Comments