सोच


असार ५, २०७७, शुक्रबार | दिउँसो ०२:२४ बजे | 45


बबी जोशी

जस्तो याद सकिने छैन, सम्झ्ना सकिने छैन,
हिजो पाएर चाहिएन, भोलि चाहेर पाइने छैन,
पैसा भए प्रेम नभनिदिनु होला महोदय,
कानुनमा पैसा उभिएला, प्रेम उभिने छैन  ।
खुशी त्यही हो ? अन्नको भकारी भरिए पुग्छ ।
अब गरिबको आखामा आँसु चुहिने छैन,  
जमिन सकियो अब घरको ईश्वर पनि बेच्छु,
डर लाग्छ, मेरो ईश्वर हजुरको महलमा पुजिने छैन ।

Comments