जब ओलीले प्रचण्डलाई टेलिफोन गरे ......


बैशाख ३, २०७८, शुक्रबार | विहान ०८:३७ बजे | 25


कर्णाली प्रदेशमा तत्कालीन माओवादीका तर्फबाट मुख्यमन्त्री भएका महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनु केहीसमयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेका छन्। दुवै शीर्ष नेताबीच लामो समयपछि संवाद भएको हो।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्ने क्रममा प्रचण्डले आफूलाई ओलीले भेटवार्ताका लागि टेलिफोन गरेको बताएका हुन्। उनले आफू प्रधानमन्त्री ओलीलाई भेट्न जान लागेको पनि बताएका थिए। ओलीको फोन आएपछि प्रचण्ड भाषण छोट्याएर कार्यक्रमस्थलबाट निस्किएका थिए।

Comments