मध्यपुर थिमिमा सिन्दुर जात्रा


बैशाख २, २०७८, बिहीबार | विहान ०५:४३ बजे | 50


भक्तपुरको मध्यपुर ठिमीका बासिन्दाले बिहीबार सिन्दुर जात्रा मनाएका छन्। मध्यपुर ठिमीका बासिन्दाले विहान १९ वटा खटसहितको सिन्दुरजात्रा मनाएका हुन्। नयाँ वर्षको भोलिपल्ट मध्यपुर ठिमीमा सिन्दुरजात्रा मनाउने गरिन्छ।
चलन अनुसार मध्यपुर ठिमीबासीहरुले एक आपसमा सिन्दुर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाए। जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए। एक आपसमा छ्यापिएको सिन्दुरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो । सिन्दुर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो।
जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेकामा आर्थिक कारण एवं अन्य समस्या देखाउँदै  १९ खटसहित जात्रा गरिएको छ ।

Comments