विनिता थापा
काठमाडौं । कीर्तिमानी खेलाडी संगिना बैद्यलाई राष्ट्रपतिद्वारा प्रवल जनसेवा श्री चतुर्थ मानपदवीद्वारा आज शीतलनिवासमा आयोजित एक समारोहबीच विभुषित गरिएको हो । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा खेल क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकी ओलम्पियन तथा एसिएन च्याम्पियन खेलाडी संगिना विभूषित भएकी छन।

नेपालले १३ औं दक्षिण एशियाली खेलकुद ९साग०मा तेक्वान्दोतर्फ उत्कृष्ट प्रदर्शन गर्दै १२ स्वर्ण पदक जित्नुमा उनको प्रशिक्षण समेतले ठुलो योगदान गरेको थियो ।

वैद्य नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल खेलाडी तथा ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि हुन । नुवाकोटमा जन्मिएकी संगिनाले सन् १९९२ बाट तेक्वान्दो खेलजीवन सुरु गरेर २००९ मा भव्य कार्यक्रमबीच खेलजीवन बाट सन्न्यास लिएकी थिइन् ।  
अन्तराष्ट्रिय तेक्वान्दो खेलमा सफल मानिएकी संगिना घरेलु प्रतियोगिताहरुमा पनि नम्बर एक खेलाडी थिइन् । उनले १९९२ देखि २००४ सम्म राष्ट्रिय प्रतियोगितामा एकछत्र राजगर्दै १० अन्तराष्ट्रिय स्वर्ण पदक जितेकी थिइन्।...

All Comments.......


Please Login/Register To Comments